ad ad

राजनीति


देउवालाई ओलीको आग्रह– आउनुस् सल्लाह गरौँ

देउवालाई ओलीको आग्रह– आउनुस् सल्लाह गरौँ

नेपालखबर
फागुन ३०, २०८० बुधबार १२:३३, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संवाद र छलफलमा आउन आग्रह गरेका छन्। 

बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले नयाँ परिवेश र परिस्थिति बनेको भन्दै यसलाई सहज ढंगले अघि बढाउनुपर्ने बताए। 

‘म शेरबहादुरजीलाई भन्न चाहन्छु, प्रतिपक्षीमा हुनेबित्तिकै कुरै नचल्ने भन्ने हुँदैन। आउनुस् कुरा गरौँ, छलफल गरौँ, र मिलेर समस्या समाधान गरौँ। देश समस्यामा छ। कुरै चल्दैन, बोली चल्दैन?,’ उनले भने। 

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सरकारले सकारात्मक कामको सुरुवात गरेको भन्दै समस्या समाधानमा कांग्रेसले सहयोग गर्नुपर्ने बताए। 

‘यो त हुनै थियो, यस्ता खालका प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ। शेरबहादुरजी हिजो सत्तापक्षमा हुनुहुन्थ्यो, पूर्वप्रधानमन्त्री। म आज सत्तापक्षमा छु, पूर्वप्रधानमन्त्री पनि हुँ,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .