ad ad

राजनीति


६ महिनाअघि आएको निम्तोमा रास्वपाको जम्बो टोली  चीन जाँदै

६ महिनाअघि आएको निम्तोमा रास्वपाको जम्बो टोली  चीन जाँदै

नेपालखबर
असोज ५, २०८१ शनिबार १८:२३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुको जम्बो टोली चीन भ्रमणमा जाने भएको छ। उपसभापति स्वर्णिम वाग्ले नेतृत्वको टोली शनिबार मध्यराती चीन प्रस्थान गर्न लागेको हो।

पार्टीका १४ जना नेताहरु ९ दिने भ्रमणका लागि चीन जान लागेको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए। चीन भ्रमणका लागि ६ महिनाअघि नै निम्तो आएको भए पनि संसद चालु रहेकाले आउन नसकिने भन्दै रास्वपाले त्यसलाई केही समय थाँती राखेको थियो।
 
अहिले समय मिलेकाले चीन जान लागेको झाले बताए। वाग्ले नेतृत्वको टोलीमा शिशिर खनाल, मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली,बासुमाया तामाङ, निशा मेहता, पुकार बम, लिमा अधिकारी, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु राजा श्रेष्ठ रहेका छन्।

भ्रमणका क्रममा टोली चीनका छेङ्दु,चोङकिङ र बेइजिङमा पुग्नेछ। त्यहाँ केही सांस्कृतिक कार्यक्रममा सहभागीता जनाउने, केही केही विश्वविद्यालयको भ्रमण गर्ने र केही 'इनोभेसन ल्याव'हरुको अवलोकण गर्ने कार्यक्रम रहेको झाले बताए।

नेताहरुको टोली असोज १४ गते नेपाल फर्किनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .