अर्थमन्त्री वर्षमान पुनले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर कांग्रेसले सत्ता परिवर्तनको रिस फेरेको टिप्पणी गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग्दै संसद बैठक अवरुद्ध गरेपछि मन्त्री पुनले यस्तो प्रतिक्रया दिएका हुन्।
अर्थमन्त्री पुनले गृहमन्त्री लामिछानेमाथि लागेको आरोप पुष्टि नभएको दाबी गरे।
‘कांग्रेसले गृहमन्त्री लामिछाने जीको राजीनामा माग्नु सान्दर्भिक छैन। उहाँमाथि अभियोग लगाएर, अनुसन्धान गरेर कुनै निकायले पुष्टि गरेर कारबाहीका लागि सिफारिस गरेको विषय होइन,’ अर्थमन्त्री पुनले भने, ‘राजनीतिक रुपले सत्ता परिवर्तन भएपछि गृहमन्त्रीमाथि आक्रमण भएको छ।’
135
Shares
प्रतिक्रिया