ad ad

राजनीति


माधव नेपाल भन्छन्– गठबन्धनको भविष्यबारे प्रश्न उठेको छ

माधव नेपाल भन्छन्– गठबन्धनको भविष्यबारे प्रश्न उठेको छ

नेपालखबर
चैत ३, २०८० शनिबार १५:१४, काठमाडौँ

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता समीकरण छिटो छिटो फेरबदल भइरहेको भन्दै जनतामा यसको भविष्यबारे गम्भीर प्रश्न खडा भएको बताएका छन्। 

शनिबार काभ्रे जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पछिल्लो पटक बनेको नयाँ गठबन्धन देशको विकास र हितका लागि सहयोगी हुने दाबी गरे।

‘अहिलेको गठबन्धन कहिलेसम्म भन्ने प्रश्न उठिरहेको छ। यो गठबन्धन र यसमा सामेल भएका दलहरू बाँकी कहिलेसम्म रहन्छन्, एउटा गम्भीर प्रश्न खडा भएको छ,’ अध्यक्ष नेपालले भने। 

२००६ सालमा पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेको स्मरण गर्दै अध्यक्ष नेपालले हलमा उपस्थिति नेता कार्यकर्तालाई त्यसयताको इतिहासबारे कार्यक्रममा चर्चा गरेका थिए।

‘हाम्रो पार्टीको नेपालको राजनीतमिा भूमिका छ कि छैन, यसको भूमिका छ कि छैन? भूमिका निर्वाह गरेको छ भने के कारणले छ? औचित्य छ भने के कारणले छ? नेपालको कम्युनिस्ट आन्दोलन सानो सानो भएर विभाजित भएरैे जाने हो?’ उनले प्रश्न गरे। 

उनले राजतन्त्र फाल्न कम्युनिस्टहरू एकजुट भएको भन्दै अब पनि यसको औचित्य पुष्टि हुनेगरी सोच्नुपर्ने भनाइ व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .