ad ad

राजनीति


विकासका लागि केन्द्रको जस्तै गठबन्धन प्रदेशमा पनि हुनुपर्छ : मन्त्री गुप्ता

विकासका लागि केन्द्रको जस्तै गठबन्धन प्रदेशमा पनि हुनुपर्छ : मन्त्री गुप्ता

नेपालखबर
असोज ८, २०८१ मंगलबार १६:१३, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विकासको काममा एकजुट हुन सबैलाई आग्रह गरेका छन्। 

मन्त्री गुप्ताको सम्मानका लागि जिल्लाको पर्सागढी नगरपालिकाले आज आयोजना गरेको ‘स्वागत एवम् सम्मान कार्यक्रम’मा उनले समग्र विकास निर्माणको कार्यमा सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन्। 

उनले विकासका कामलाई द्रुत गतिमा अघि बढाउन केन्द्रमा नेकपा एमालेले निर्माण गरेकोजस्तै गठबन्धन प्रदेशमा पनि हुन जरुरी रहेको औँल्याए। 

विकासका पूर्वाधारहरू अस्पताल, सडक र शिक्षामा सबैको सहकार्य हुनसके मात्रै स्थानीय जनताको जीवनस्तर राम्रो हुने भएकाले पर्सागढीको स्थानीय सरकारलाई सकारात्मक एजेण्डासहित मन्त्रालयसँग सहकार्य गर्न मन्त्री गुप्ताले आग्रह गरे। 

विकासका लागि अहिलेको मुख्य एजेन्डा भनेको शिक्षा, स्वास्थ्य र सडकको प्रभावकारी व्यवस्थापन गर्नु रहेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .