ad ad

राजनीति


देशको चालचलन गोरखाली सम्राज्यवादको बन्यो : महन्थ ठाकुर

देशको चालचलन गोरखाली सम्राज्यवादको बन्यो : महन्थ ठाकुर

फाइल तस्बिर


नेपालखबर
चैत ३, २०८० शनिबार १८:२२, काठमाडौँ

लाकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर नेपामला लोकतन्त्र आएपनि चालचलन गोरखाली सम्राज्यवादको भएको बताएका छन्। 

सहिद केशव कोइराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा आयोजित शहिद केशव कोईरालाको शालिक अनावरण कार्यक्रममा बोल्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल सहभागी कार्यक्रममा आफ्ना सांसदहरुको उपेक्षा भएको बताए।

‘केही भन्नसपूर्व म निवेदन गर्न चाहन्छु, महोत्तरीको जिल्लाको हाम्रै क्षेत्रको सांसदहरु पनि हामीसँगै आएका थिए । अहिले मैले यहाँ देखिन । सम्माननीय राष्ट्रपतिजी । यो तपाईको कार्यक्रम होइन, यो त यहाँका मेयरको कार्यक्रम हो । उहाँकै निमन्त्रणमा म आएको हुँ । अहिले पनि मलाई थाहा थिएन की यस तरिकाको अपमान हाम्रा सांसदहरुको हुन्छ । जो तपाईंसँगै तपाईको स्वागतका लागि आएका थिए। उनीहरुलाई औपचारिकताको रुपमा नाम समेत बोइएन । यो के हो,’ उनले भने। 

आफूहरुको अपमान गर्ने जानकारी भएको भए आफू कार्यक्रममै नजाने बताउँदै उनले लोकतन्त्रमा जनतामा अधिकार हुने र सबैभन्दा माथि पनि जनता नै रहने बताए।

‘हामी लोकतन्त्रको लागि संघर्ष गरेका हौँ। तर लोकतन्त्रमा जनतामा अधिकार हुन्छ। सबैभन्दा माथि जनता हुन्छन्। अहिले यस्तो लाग्छ,यो नेपाल लोकतन्त्र त छ, गणतन्त्र पनि छ, तर अहिले पनि यहाँको चालचलन गोरखाली सम्राज्यवादको जस्तै छ। मैले यहाँ मेयरसँग बुझ्दा माथिबाटै आएको आदेश भन्नुभयो। सबैभन्दा माथि त हाम्रैसामु हुनुहुन्छ, उहाँ भन्दा माथि त संविधानमा नेपालमा कोही छैन,’ उनले भने।

उनले गोली हानेर जनता मार्ने र शान्ति सुशासन कायम राख्ने भन्नेकुरा गलत रहेको भन्दै कुनैपनि बेला विद्रोह हुनसक्ने चेतावनी पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .