ad ad

राजनीति


सरकारको न्युनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गर्ने तयारी

सरकारको न्युनतम साझा कार्यक्रम सोमबार सार्वजनिक गर्ने तयारी

नेपालखबर
चैत ३, २०८० शनिबार १८:५९, काठमाडौँ

सत्ता गठबन्धन कार्यदलले सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ। 

शनिबार बिहान १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो। कार्यदलले प्रधानमन्त्रीसहित सत्ता गठबन्धनमा सहभागी दलका शिर्ष नेताहरुलाई पनि मस्यौदा बुझाएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं कार्यदलका सदस्य डा. मुकुल ढकालले बताए। 

५ राजनीतिक दलको तर्फबाट साझा न्युनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरिएको र सोही कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको उनले बताए।

‘५ राजनीतिक दलको तर्फबाट साझा न्युनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरिएको थियो। प्रत्येक दलबाट २÷२ जना सदस्यहरु हुनुहुन्थ्यो। उक्त कार्यदलले आज आफ्नो प्रतिवेदन, जसलाई हामीले पाँच राजनीतिक दलको न्युनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छौँ,’ उनले भने, ‘त्यो प्रधानमन्त्री र शिर्षस्थ नेताहरुलाई बुझाएको छौँ। उहाँहरूको बैठक बसी यसलाई अन्तिम रुप दिए सकेसम्म सोमवार सार्वजनिक गरिनेछ। अहिलेको शिथिलता, वैदेशिक पलायन, उत्पादन र देशका मौजुदा अवस्थालाई प्राथमिकता दिएका छौँ।’

उनले शीर्ष नेताहरूले मस्यौदालाई अन्तिम रुप दिइ सोमवारसम्म सार्वजनिक गर्ने तयारी रहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .