ad ad

राजनीति


प्रतिनिधि सभाको बैठक बस्दै, दुईबुँदे कार्यसूची

प्रतिनिधि सभाको बैठक बस्दै, दुईबुँदे कार्यसूची

नेपालखबर
चैत ४, २०८० आइतबार ७:३५, काठमाडौँ

आज (आइतबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। 

संसद् सचिवालयका अनुसार बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे सुरु हुनेछ। 

सम्भावित कार्यसूचीअनुसार बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ। 

यसैगरी आज आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) बारेको छलफल जारी रहनेछ। 

यसअघि गत शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बेल घेराउ गरेपछि बैठक स्थगन भएको थियो।

सहकारी अनियमिततामा मुछिएका व्यक्ति रवि लामिछाने पदबाट हटाउनुपर्ने माग गर्दै कांग्रेसले संसद्‌मा अवरोध गरेको हो।

हेर्नुहोस् आजको सम्भावित कार्यसूची-

x

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .