रास्वपाले बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेकाे साधारण सदस्यतासमेत खारेजसम्म गर्न सकिने निर्णय गरेको छ।
आज (आइतबार) बिहान बसेको रास्वापाका ४ मन्त्री तथा उपसभापति डा.स्वर्णिम वाग्ले, महामन्त्री डा.मुकुल ढकाल र सासंद शिशिर खनालबीचको बैठकले यस्तो निर्णय गरेको हो।
रास्वपाका महामन्त्री ढकालका अनुसार अब प्रत्येक आइतबार रास्वका चारमन्त्री र तीन नेताबीच बैठक बस्नेछ।
आजको बैठकको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिने निर्णय गरेकाे छ। आज (आइतबार) रास्वपाको दोश्रो बैठक बसेको हो। बैठकले विभिन्न पाँच बुँदे निणय गरेको छ।
हेर्नुहोस् रास्वपाका पाँच निर्णय
१. मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव, कमजोरीलाई समीक्षा गरिएको छ।
३. मन्त्रालयका बजेट, नीति कार्यक्रम र तत्कालका लागी संसोधन गर्न पर्ने नियम एवं साझा न्युनतम कार्यक्रमका बारेमा छलफल गरिएको छ।
४. मन्त्रालयहरूलाई सहयोग गर्न विज्ञ र अनुभविहरूको सघाउ समूह बनाउने निर्णय गरिएको छ।
५. सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधरण सदस्यता समेत खारेजसम्म गर्न सकिने निर्णय गरिएको छ।
12
Shares
प्रतिक्रिया