नाम फेर्न निर्वाचन आयोगले दिएको निर्देशनविरुद्ध तराई-मधेश लोकतान्त्रिक पार्टीले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजालसमा सुनुवाइ हुने भएको छ।
तराई-मधेश लोकतान्त्रिक पार्टीले नाम परिवर्तन गर्न भनी निर्वाचन आयोगबाट दिइएको निर्देशनविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट हालेको थियो।
उक्त रिटको आइतबार प्रधान न्यायाधीश श्रेष्ठको एकल इजलासमा सुनुवाइ हुन लागेको हो।
निर्वाचन आयोगमा राजनीतिक दल दर्ता नं. १७५ रहेको तमलोपाको तर्फबाट अध्यक्ष वृशेष चन्द्र लालले निर्वाचन आयोगसहित ५ जनालाई विपक्षी बनाउँदै रिट हालिएको थियो।
81
Shares
प्रतिक्रिया