ad ad

राजनीति


कृष्णबहादुर महरा पक्राउ प्रकरण : गगन थापाले दिए सरकारलाई धन्यवाद

कृष्णबहादुर महरा पक्राउ प्रकरण : गगन थापाले दिए सरकारलाई धन्यवाद

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०८० सोमबार ११:३७, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले माओवादी नेता कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका छन्। 

सोमबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै थापाले जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई छाड्न नहुने बताए। 

‘आयोगले प्रतिवेदन बुझाएको छ। भर्खरै कृष्णबहादुर महरा पक्राउ पर्नुभयो। सरकारलाई धन्यवाद छ,’ उनले भने। 

आयोगले किटान गरेकामध्ये सबै पक्राउ नपरेको खण्डमा सरकारलाई प्रश्न गर्ने भूमिकामा आफूहरू रहेको उनले बताए। 

‘यो आयोगले किटान गरेको एउटा मान्छे पनि छुट्न हुँदैन। तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ,’ थापाले भने। 

महरालाई सोमबार बिहान भैरहवा विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो। उनलाई विमानबाटै अहिले काठमाडौँ ल्याइएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .