ad ad

राजनीति


रुसी सेनाबाट घर फर्कन चाहने नेपालीको करार रद्द गर्न रुस तयार

रुसी सेनाबाट घर फर्कन चाहने नेपालीको करार रद्द गर्न रुस तयार

नेपालखबर
चैत ५, २०८० सोमबार १५:५८, काठमाडौँ

परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी विदेश मन्त्रालयले रुसी सेनामा भएका नेपालीमध्ये घर फर्कन चाहनेको करार रद्द गर्ने सैद्धान्तिक सहमति दिएको जानकारी गराएका छन्।

‘रुसी विदेश मन्त्रालयले सेनामा भर्ना भएका नेपालीमध्ये घर फर्कन चाहनेलाई करार रद्द गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ,’ सोमबारको प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा श्रेष्ठले भने।

साथै, उनले त्यसको मोडालिटी तयार हुन बाँकी रहेको पनि बताए।

‘त्यसको मोडालिटी तयार हुन बाँकी छ,’ उनले भने।

रुस सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति एवं बिमावापतको रकम उपलब्ध गराउने प्रक्रिया पनि अघि बढेको उनको भनाइ थियो।

‘रुस सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति एवं बिमावापतको रकम उपलब्ध गराउने प्रक्रिया प्रारम्भ गरेको छ,’ उनले भने, ‘क्षतिपूर्तिको रकम कन्सुलर सेवा विभागमार्फत उपलब्ध हुनेछ।’

मस्कोस्थित नेपाली दूतावासले यसबारे काम गरिरहेको पनि उनले संसदलाई जानकारी गराएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .