ad ad

राजनीति


गणतन्त्रको नाममा शासन गर्ने दलहरू असफल भइसके : राजेन्द्र लिङ्देन

गणतन्त्रको नाममा शासन गर्ने दलहरू असफल भइसके : राजेन्द्र लिङ्देन

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०८० सोमबार १८:१८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको नाममा शासन गर्ने राजनीतिक दलहरू जनताको अग्निपरीक्षामा असफल भएको दाबी गरेका छन्।

राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह र जनजीविकाको सवालमा प्रमुख भनिने राजनीतिक दलहरु पूर्णत: असफल भएकाले राप्रपा विकल्प सहित जनतामाझ आएको बताएका छन्। 

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बॅुदे मागबारे जनमत सिर्जना गर्न सर्लाहीको बरहथवामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मधेसको नेतृत्व गर्ने पार्टीहरूले १५ वर्षमा केही गर्न नसकेको बताए।

उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लागू भएपछि मात्रै मधेसको नाममा मधेस केन्द्रित राजनीतिक दलहरूबाट ५० जना नेताहरू मन्त्री हुने मौका पाए पनि जनताको लागि काम गर्न नसकेको आरोप लगाएका छन्।

अध्यक्ष लिङ्देनले मधेसले प्रधानमन्त्री बाहेक राष्ट्रपति, उपराष्ट्रपति, महत्वपूर्ण मन्त्रालय प्राप्त परिसक्दा पनि मधेसका जनताको पक्षमा, मधेसी जनताको जीवनस्तर सुधार गर्ने दिशामा कुनै काम हुन नसकेको मात्रै होइन झन-झन् कमजोर बन्दै गएको बताएका छन्।

‘अहिले राप्रपाबाहेक नेपाली जनताको भरोसाको अरू कुनै शक्ति छैन। अन्य सबै शक्तिहरू जनताको अग्नि परीक्षामा असफल भइसकेका छन्। गलत सावित भइसकेका छन्’, उनले भने।

उनले आफू मधेस आएर पनि संघीयताको विरोध गर्ने बताए। 'आज म तपाइहरुलाई सोध्न चाहन्छु- संघीयताले तपाईंलाई के दियो ? संघीयता लागू भएपछि तपाईकों जीवनस्तर परिवर्तन भएको छ? संघीयताले मधेस सुदृढ भएको छ? संघमा ५० जना र प्रदेशमा त्यति नै हाराहारी मन्त्री पाउनेबाहेक संघीयताले मधेसलाई केही दिएन, हामी यो कुरा बुझाउन पनि मधेस झरेका हौं', अध्यक्ष लिङ्देनले भने।

राप्रपाले सोमबारदेखि ४ दिन ८ जिल्लाको कार्यक्रम लिएर तराई-मधेस क्षेत्रमा पसेको हो। कार्यकर्ता भेला र काठमाडौँ केन्द्रित जनप्रदर्शन गर्नुपर्ने आवश्यकता र औचित्य प्रष्ट्याउन जनजागरणका विभिन्न कार्यक्रम तय गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .