ad ad

राजनीति


सहकारी प्रकरणमा धनराजबारे शेखरले भने– उहाँको श्रीमतीलाई फौजदारी मुद्दा लाग्नुपर्ने हो

‘गलत भएको भए कारबाही हुनुपर्छ, कांग्रेस भएरै नहुने भन्ने हुँदैन’
सहकारी प्रकरणमा धनराजबारे शेखरले भने– उहाँको श्रीमतीलाई फौजदारी मुद्दा लाग्नुपर्ने हो

नेपालखबर
असोज ८, २०८१ मंगलबार १४:२०, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीका सहकारी प्रकरणमा जोडिएका उपसभापति धनराज गुरुङको श्रीमतीलाई फौजदारी मुद्दा लाग्नुपर्ने बताएका छन्। 

मितेरी बचत तथा ऋण सहकारी संस्थाको अपचलनमा उपसभापति गुरुङको नाम मुछिएकोबारे कोइरालाले श्रीमती ज्योति गुरुङलाई फौजदारी मुद्दा लाग्नुपर्ने तर्क गरेका हुन्। 

मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा कोइरालाले कसैले गलत काम गरेको देखिए सजायको भागि हुनुपर्ने पनि बताएका छन्। 

‘धनराजजीको केसमा फौजदारी मुद्दा लाग्ला, फौजदारी मुद्दा लाग्दाखेरी धनराजजीलाई लाग्छ कि उहाँकोे श्रीमतीलाई लाग्ने हो?,’ कोइरालाले थप प्रष्ट पार्दै भनेका छन्, ‘मेरो हिसाबले त श्रीमतीलाई लाग्नुपर्ने हो।’

भिडिओ

मितेरी सहकारी अध्यक्ष कुम्भराज गुरुङले सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिमा बयान दिने क्रममा धनराज गुरुङकी श्रीमती ज्योति गुरुङ व्यवस्थापक भएको बेलामा १२ देखि १४ करोड रुपैयाँसम्म रकम हिनामिना भएको बताएका थिए। 

सो प्रकरणमा कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको उनले बयानका क्रमाम बताएका थिए। 

यसबारे कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

‘उहाँ (धनराज गुरुङ) ले नेपाली कांग्रेसको उपसभापति, सांसदको हिसाबले जिम्मेवारी लिनुपर्छ, सरकारले कसरी लिन्छ, कसरी जान्छ हेर्नुछ,’ कोइरालाले भने, ‘म क्लियर छु, कसैले गलत काम गरेको छ भने त्यो सजायको भागि हुनुपर्छ। उहाँ नेपाली कांग्रेसको हो त्यसकारण पर्नुहुँदैन भन्नेकुरा होइन।’

उनले संसदीय विशेष समितिको प्रतिवेदन कार्यान्वयका लागि आग्रह गर्ने बताए। यद्यपि अहिलेसम्म जति समिति बनेका छन् उनीहरूको कुनै पनि रिपोर्ट कार्यान्वयन नभएको उनले जिकिर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .