प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बागलुङमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
सोमबार रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस बाग्लुङको निसीखोलामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन्।
दुर्घटनाको खबरले आफूलाई दुःखी तुल्याएको प्रधानमन्त्रीले बताएका छन्। उनले दुर्घटनामा ज्यान गुमाउने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना प्रकट गरेका छन्।
साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार र उपचारलाई प्रभावकारी बनाउन प्रशासन संयन्त्रलाई निर्देशन पनि दिएका छन्।
सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री दाहालले बारम्बार भइरहेका सवारी दुर्घटनाबाट शिक्षा लिँदै दुर्घटना कम गर्न सकिने उपायहरूसहित आवश्यक योजना निर्माण गर्नसमेत आग्रह गरेका छन्।
48
Shares
प्रतिक्रिया