ad ad

राजनीति


प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८० मंगलबार ८:३७, काठमाडौँ

संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजे बस्दै छ। 

आजको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर कार्यक्रम हुँने संसद सचिवालयले जनाएको छ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गरेको १५ दिनको पाक्षिक कार्यतालिका अनुसार आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसदहरुले नवनियुक्त गृहमन्त्री रवि लामिछानेको विषयमा विभिन्न प्रश्न गर्दै यसमा प्रधानमन्त्रीको जवाफ माग गरेका थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .