सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बदनाम गर्न वा फसाउन खोजेको आरोप लगाएका छन्।
मंगलबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले सो कुरा बताएका हुन्।
नेपाली कांग्रेसले सरकारबाट हट्नुपरेको पीडाको छटपटिमा छाती पिटेर यो कुरा उठाएको भन्दै यसलाई धेरै महत्त्व दिननपर्ने ओलीको भनाइ छ।
‘नेपाली कांग्रेसतिर रवि लामिछाने र उनको पार्टी लागेन। त्योचाहिँ भन्नुस् न फेरि। त्यसकारण रवि लामिछानेलाई बदनाम गर्न र फसाउन खोज्ने काम गरेको छ’, ओलीले भने।
कांग्रेसले भने सहकारी ठगी प्रकरणमा गृहमन्त्रीविरुद्ध उजुरी परेकाले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै सदन अवरुद्ध गरिरहेको छ।
त्यसबारे सञ्चारकर्मीले गरेको प्रश्नमा ओलीले भने, ‘उनी सहकारीमा छन्। सहकारीसँग सम्बन्धित छन्। उनले सहकारी डुबाउने कुरा पैसा उठाउने वा सहकारी सञ्चालकसँग सम्बन्धित हुन्। उनी न सहकारीमा सदस्य छन्। केही पनि छैन भने छानबिन कसरी प्रभावित हुन्छ?’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि गृहमन्त्री रवि निर्दाेष रहेको दाबी गरिरहेका छन्।
Shares
प्रतिक्रिया