ad ad

राजनीति


भाजपाका मन्त्रीले भनेः कंग्रेस बेपत्ता भएकाले हामी हार्‍यौँ

भाजपाका मन्त्रीले भनेः कंग्रेस बेपत्ता भएकाले हामी हार्‍यौँ

नेपालखबर
फागुन २, २०७६ शुक्रबार १३:२१,

भारतीय जनता पार्टीका केन्द्रीय मन्त्री प्रकाश जावडेकरले दिल्ली विधानसभा निर्वाचनमो आफ्नो पार्टीको हारको दोष विपक्षी कंग्रेसलाई दिएका छन्।

निर्वाचनमा आम आदमी पार्टीले ७० मध्ये ६२ र भाजपाले ८ सिट जित्दा कंग्रेस शून्यमा झरेको थियो।

‘अचानक कंग्रेस बेपत्ता भएपछि हामी हार्‍यौँ,’ जावडेकरले भने, ‘कांग्रेस बेपत्ता भएपछि भाजपा र आपबीच सीधा लडाइँ पर्‍यो। हामीले ४२ र आपले ४८ प्रतिशत मत पाउने अपेक्षा गरिएको थियो। तर हामीले ३९ ल्याउँदा आपले ५१ प्रतिशत ल्यायो।’

उनले आफूले मुख्यमन्त्री अरविन्द केजरीवाललाई ‘आतंकवादी’ नभनेको दाबी गरे। तर, यसै महिनाको सुरुमा चुनाव प्रचारका क्रममा जावडेकरले भनेका थिए, ‘केजरीवालले आफूलाई अराजक भनेका छन्। अराजक र आतंकवादीबीच खासै फरक छैन।’

बिहीबार गृहमन्त्री अमित शाहले यस्तै उग्र अभिव्यक्तिका कारण भाजपा चुनावमा हारेको बताएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .