ad ad

समाज


विद्यार्थीमाथि यौन हिंसाको आरोपमा विद्यालय सञ्चालक नै पक्राउ

विद्यार्थीमाथि यौन हिंसाको आरोपमा विद्यालय सञ्चालक नै पक्राउ

नेपालखबर
फागुन २, २०७६ शुक्रबार १३:४९,

पोखरा महानगरपालिका–११, फूलबारीस्थित भास्कर मेमोरियल विद्यालयका सञ्चालक विश्व बास्तोला आफ्नै विद्यालयकी एक छात्रालाई यौनशोषण गरेको आरोपमा पक्राउ परेका छन्।

केही समयअघि अमरसिंह उच्च माविमा छात्रामाथि यौन हिंसा भएको घटना सेलाउन नपाउँदै पोखराको अर्को विद्यालयमा पनि यस्तै घटना घटेको हो। घटना विवरण अनुसार विद्यालय सञ्चालक बास्तोला सधैँजसो ती छात्रालाई लिन उनकै घर पुग्थे। विद्यालय लिएर आउँदा बास्तोलाले आफ्नो हात समातेको र त्यसको लगत्तै पिँडुलामाथि हात लगेर हिंसा गरेको बालिकाले प्रहरीलाई बताएकी छन्।

हिंसापछि बालिकाले आफ्ना शिक्षकसँग ‘बिरामी भएको’ बताएपछि विद्यालय प्रशासनले उनको अभिभावकलाई फोन गरेर जानकारी दियो। बालिका बिरामी भएको खबर पाएलगत्तै उनका दाई उनलाई लिन विद्यालय पुगे। विद्यालयमा बालिकाले दाईलाई देखेपछि रुँदै बास्तोलाले गरेको व्यवहार सुनाइन्।

विद्यालयमा बालिकाका आफन्त आएर बास्तोलासँग कुरा बुझन खोजे। तर बास्तोलाले उनलाई नै थर्काउन थाले। बालिबालिकाका आफन्तले बास्तोलामाथि हातपात गरेर वडा प्रहरी कार्यालय रामबजारमा खबर गरे।

वडा प्रहरी कार्यालय रामबजारको टोलीले बास्तोलालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएपी राजकुमार केसीले बालिका माथि हिंसा गरेको उजुरीको आधारमा पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिए।

यसअघि अमरसिंह माविका शिक्षक उदय पोखरेलले एक छात्रा माथि हि‌ंसा गरेको घटना बाहिर आएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .