ad ad

राजनीति


गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार, प्रधानमन्त्रीको बचाउ शंकास्पद : प्रकाशशरण

गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार, प्रधानमन्त्रीको बचाउ शंकास्पद : प्रकाशशरण

फाइल फोटो


नेपालखबर
चैत ७, २०८० बुधबार १७:३८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिएका आरोप लगाएका छन्।

बुधवार संसद भवन परिसरमा कुरा गर्दै उनले कांग्रेसले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीको छानबिन हुनुपर्ने माग राख्दा कांग्रेसले ४ वर्षै संसद अवरोध गरे पनि केही फरक पर्दैन भन्ने हिसावले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको आरोप लगाएका हुन्।

उनले कांग्रेसले निष्पक्ष छानबिन हुनुपर्ने माग राखेको बताए।

उनले कांग्रेसको माग अनुचित नरहेकाले छानबिन गर्ने निकायको प्रमुख भएर आफूमाथिका आरोपहरु निष्पक्ष छानबिन हुन नसक्ने बताए।

उनले भने, ‘संसदीय समिति वा न्यायिक समितिहरु पहिला पनि बन्दै आएका हुन्, सहजै बनेको हो। हामीले अहिले राजीनामैलाई पूर्वशर्त त बनाएका छैनौँ। कम सेकम छानबिन त गर। छानबिन स्वार्थ नबाझिने गरी गर। उहाँ त्यसको प्रमुख हुनुहुन्छ, उहाँकै निगरानीमा रहने संयन्त्रले कसरी निष्पक्ष छानबिन गर्दछ?’

उनले छानबिन नै नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको केही भएको छैन भन्ने भनाईले थप आशंका उत्पन्न गरेको बताए।

‘एउटा निक्र्यौल नै नआइकन प्रधानमन्त्रीले केही पनि भएको छैन भन्नुहुन्छ। त्यसले झनै यसमा शंका थपियो’ उनले भने, ‘उहाँले केही गर्नुभएको छैन भने छानबिनले कहाँ समस्या पार्छ? समस्या छ भने छानबिनले समस्या पार्दछ। छानबिन गर्नुपर्छ भन्दा कांग्रेसले ४ वर्षै अवरोध गरेपनि केही फरक पर्दैन भन्नु त गैरजिम्मेवार हो नि।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .