ad ad

राजनीति


मुख्यसचिवको अनियमितता प्रकरणबारे मन्त्रिपरिषद्को बैठकमा कुरा राख्छु : रक्षामन्त्री

मुख्यसचिवको अनियमितता प्रकरणबारे मन्त्रिपरिषद्को बैठकमा कुरा राख्छु : रक्षामन्त्री

नेपालखबर
चैत ७, २०८० बुधबार २०:१६, काठमाडौँ

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुख्यसचिव डा. बैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटि प्रिन्टिङ प्रकरणमा नाम जोडिएको विषयमा आफूले मन्त्रिपरिषद्मा कुरा राख्ने बताएका छन्।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

मुख्यसचिव डा. बैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटि प्रिन्टिङ प्रकरणमा जोडिएको तर सँगै मन्त्रिपरिषद्मा राखेर निर्णय गर्न सरकारलाई नैतिकताले दिन्छ भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले आगामी मन्त्रिपरिषद्को बैठकमा यसबारेमा कुरा उठाउने बताए।

उनले भने, ‘मन्त्रिपरिषद्मा यो विषयमा म कुरा राख्छु। अहिले यो विषयमा छलफल भएको छैन। कुनै मन्त्रीबाट पनि यो विषयमा कुरा निस्किएको छैन। आवश्यक विषय के कस्तो छ म कुरा राख्दछु।’

मुख्यसचिव अर्यालमाथि राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामानहरू खरिद र प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अनियमितता गरेको आरोप लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .