गैरआवासीय नेपाली संघले पहिलो पटक गैरआवासीय नेपाली विश्व महिला सम्मेलन गर्ने भएको छ।
‘महिला सशक्तिकरणको आधार, रोजगारी, उद्यम र व्यापार’ भन्ने मूल नारासहित प्रथम गैरआवासीय नेपाली विश्व महिला सम्मेलन आगामी २९ र ३० जुन २०२४ मा काठमाडौंमा आयोजना गर्न लागेको संघले जनाएको छ।
सो को तयारीका लागि संघको प्रथम बैठक सम्पन्न भएको छ।
बैठकमा राष्ट्रिय महिलाआयोगका अध्यक्ष कमला पराजुली, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापालगायत सहभागी थिए।
संघका तर्फबाट अध्यक्ष डा बद्री केसी, महिला उपाध्यक्ष, रोजिना प्रधान राई, महिला सचिव टीका गुरुङ, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत, अधिकृत कुनाल मिश्र लगायतको उपस्थिति रहेको थियो।
30
Shares
प्रतिक्रिया