सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाएका छन्।
अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेका पीडामा निहुँ खोजेर संसद अवरुद्ध गरेको बताएका हुन्।
नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा बिहीवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुशी र सम्मानसहितको राजनीतिक व्यवस्थाको रुपमा उपयोग गर्न पाउनुपर्ने बताए।
उनले भने, ‘डेमोक्रेसी संसदमा सरकारबाट हट्नुपर्यो भनेर निहुँ खोजेर संसद अवरुद्ध गर्ने, च्याठिने, आक्रोश पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्रै ठाउँ होइन राजनीति।’
अध्यक्ष ओलीले एमालेले सबै समुदायको सुरक्षा र सम्मानसहितको समृद्धि नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न चाहेको पनि बताए।
अध्यक्ष ओलीले सबै समुदायको सुरक्षा र सम्मानलाई ध्यानमा राखेर राजनीतिक गतिविधिलाई अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए।
Shares
प्रतिक्रिया