‘समृद्धिका लागि विश्व शान्ति’ भन्ने नाराका साथ लुम्बिनी सम्मेलन (कन्क्लेभ) बिहीबारदेखि सुरु भएको छ।
सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा जन्मस्थल लुम्बिनीमा शान्ति र समृद्धिलाई केन्द्रमा राखेर सम्मेलन लुम्बिनीमा सुरु भएको हो।
सम्मेलनको बिहीबार राति उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका छन्।
उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले लुम्बिनी गौतम बुद्धको जन्मथलो मात्रै नभएर बौद्ध दर्शनको उद्गम भूमि रहेको बताए।
बुद्धको शिक्षा र लुम्बिनीले विश्वमा शान्ति स्थापनामा महत्त्वपूर्ण योगदान दिएको उनले बताए। लुम्बिनी बुद्धको जन्मथलो मात्रै नभएर बुद्ध धर्मको मुहान पनि रहेको उनले बताए।
नेपाल जटिल भूराजनीतिक चुनौतीहरूबीचमा रहेको बताउँदै उनले विश्वमा देखिएको द्वन्द्वलाई ध्रुवीकृत गर्दै शान्तिमा रूपान्तरण गर्नुपर्ने बताए। विश्वमा देखा परेको द्वन्द्वले विश्वव्यापी आर्थिक संकट र असमानतालाई बढाइरहेको उनको भनाइ थियो।
शान्ति र समृद्धिको एजेण्डामा सम्मेलन गर्ने सबैभन्दा उत्तम ठाउँ लुम्बिनी रहेको उनले बताए।
‘शान्ति र समृद्धिका लागि लुम्बिनीको विकल्प अरु हुन सक्दैन’, परराष्ट्रमन्त्री श्रेष्ठले भने।
शान्तिको उद्गम थलोसँगै मानवता, सुख, कल्याण र मुक्तिको खोजमा आफ्नो जीवन समर्पण गर्ने बुद्ध जन्माएको पवित्रस्थल लुम्बिनी रहेको बताए।
चार महिनाअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनी भ्रमण गरेको स्मरण गर्दै भगवान् बुद्धका शिक्षाहरू प्रतिबिम्बित गर्ने ठाउँका रूपमा उनलेे व्याख्या गरे।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेल, सीएनआईका पूर्व अध्यक्ष विष्णु अग्रवाल लगायत उपस्थित थिए।
Shares
प्रतिक्रिया