राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद् बन्द गरेर सभामुख विदेश भ्रमणमा जानु नाजायज काम भएको बताएका छन्।
सभामुख घिमिरे संसद् नै रोकेर अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४८औँ महासभामा सहभागी हुन बिहीबार स्विट्जरल्याण्ड गएका छन्।
शुक्रबार बिहान सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले संसद्को कार्यसूचीसमेत थन्काएर सभामुख १० दिन लामो विदेश भ्रमणमा जानु गलत भएको बताएका हुन्।
अध्यक्ष लिङ्देनले आफूहरूले देश चलाउने मौका पाए भ्रष्टाचारीमाथि डोजर चलाउने उनले बताए।
‘देश चलाउने मौका पाएमा भ्रष्टाचारीमाथि डोजर चलाउँथ्यौँ,’ उनले भने,‘जनतामा राजनीति र नेतृत्वप्रति वितृष्णा बढ्दै गएको छ।’
सार्वजनिक पद धारण गरेका व्यक्तिलाई कुनै आरोप लागिसकेपछि पद छाड्नुपर्ने उनले बताए।
'कुनै आरोप लागिसकेपछि सार्वजनिक पदको व्यक्तिले त्यसमा सफाइ पाउनुपर्छ', उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै भने, ‘ममाथि आरोप लागेको भए यतिबेलासम्म पदबाट राजीनामा दिइसक्थेँ।’
Shares
प्रतिक्रिया