राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएकोमा आक्रोश पोखेका छन्।
इलेक्ट्रिक सिगरेटभित्र लुकाएर भएको सुन तस्करीमा प्रकरणमा यही सोमबार पक्राउ परेका महरा शुक्रबार हाजिरी जमानीमा रिहा भएपछि शाहीले आक्रोश पोखेका हुन्।
प्रमुख सचेतक शाहीले नेपालमा उखु चोर र काँक्रो चोरलाई पनि मात्रै जेल हुने तर ठूलाबडालाई उन्मुक्ति दिइने गरिएको बताएका छन्।
‘उखु चोर र काँक्रो चोर मात्र हो जेलमा बस्ने, सुन चोर त बस्न पर्दैन होइन त?’, उनले सामाजिक सञ्जालमा भनेका छन्।
प्रमुख सचेतक शाहीले नेकपा माओवादी केन्द्रबारेमा संघीय संसद्मा पनि तिखो टीप्पणी गर्दै आएका छन्। त्यहीकारण उनी र माओवादी सांसदहरूबीच संसद्मै तनावको अवस्था हुने गरेको छ।
120
Shares
प्रतिक्रिया