युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले जनतालाई अझै केही आशा बाँकी छ भन्ने सन्देश दिनका लागि पार्टी सरकारमा सहभागी भएको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक विशेष सम्बोधन कार्यक्रममा बोल्दै उनले मिसन ०८४ मा जनतासामु जानका लागि अहिले ट्रेलर मात्रै सार्वजनिक भएको बताए।
अहिले आम नागरिकले डेलिभरी खोजेको छ। हामी ८४ मा सरकारमा जाँदा के गर्ने भन्ने यो ट्रेलर मात्रै हो, फिल्म आउन बाँकी छ,’ मन्त्री श्रेष्ठले भने, ‘जनतालाई कहीँ न कहीँ आशा छ भन्ने पनि स्पष्ट पार्नैपर्नेछ।’
अहिले एउटा सरकारमा मात्रै रास्वपा सहभागी भएको भन्दै ८४ को निर्वाचनपछि देशभरका कम्तिमा ४ सय वटा सरकारमा रास्वपा हुनुपर्ने उनले बताए।
‘कम्तिमा ४ सय वटा सरकारमा रास्वपा हुनुपर्छ भन्ने सन्देश दिन चाहन्छौँ,’ मन्त्री श्रेष्ठले भने।
राजनीतिक नियुक्तिका कारण आफ्नो मन्त्रालयको धेरै काम बिग्रेको भन्दै अब बोलीले भन्दा पनि कामले जवाफ दिनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ।
खेलाडी विदेश पलायन हुन नसक्नेगरी राज्यले नियमन गर्नसक्नेगरी निष्पक्ष नियुक्ति आफ्नो मन्त्रालयबाट हुन लागेको पनि उनले बताए।
प्रतिक्रिया