बाँसबारी जग्गा प्रकरणबारे सांसद बुद्धिमान तामाङले गृहमन्त्री रवि लामिछानेसँग स्पष्टीकरण मागेका छन्।
राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा निम्त्याइएका लामिछानेलाई राप्रपा सांसद तामाङले उक्त प्रकरणबारे सोधेका हुन्।
‘बालुवाटार कान्डमा एक जनाको नाम आयो जग्गा फिर्ता गरेपछि सकियो’, सांसद तामाङको प्रश्न छ, ‘बासबारी जग्गा प्रकरणमा ब्यक्तिले जग्गा फिर्ता गरेको होकि सरकारले फिर्ता ल्याएको हो?’
उनले सांसद समेत रहेका व्यवसायी विनोद चौधरीको पासपोर्ट सिज गर्ने कुरा आफूले सुनेको भन्दै सोधेका थिए।
‘कस्तो व्यक्तिको पासपोर्ट सिज गर्ने? उहाँ भाग्न सक्ने मान्छे हो कि हैन? को मान्छे कस्तो भन्ने सरकारलाई त थाहा हुन्छ नि!’, उनले भने, ‘त्यो त ध्यान दिनुपर्छ।’
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई भारत भाग्न लागेको भनेर समाएर ल्याइएको र त्यसैगरी फोटोहरु पनि आएको बैठकमा उल्लेख गर्दै गणतन्त्र आएपछि पनि पहिलेकै कुरा दोहोरिएको बताए।
‘हिजो बोरामा राखेर कुटेर बयान लिने चलन थियो’, उनले भने, ‘गणतन्त्र आएपछि पनि उही कुरा दोहोर्याउन थालियो भने त के काम?’
Shares
प्रतिक्रिया