नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले भारतको नयाँ दिल्लीमा थाइराइडको शल्यक्रिया गराएकी छन्।
दिल्लीस्थित म्याक्स अस्पतालमा उनले बुधबार थाइराइडको शल्यक्रिया गराएको जानकारी स्वकीय सचिव कमल रावलले दिएका छन्।
आरजुको स्वास्थ्य हाल सुधारोन्मुख रहेको रावलले उल्लेख गरेका छन्।
उनी अहिले चिकित्सकहरूको परामर्श बमोजिम अस्पतालमै रहेर उपचारमा रहने रावलले बताएका छन्।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा गत चैत २ गते नयाँ दिल्ली उडेकी थिइन्।
उनी पहिले पनि भारतबाट फर्केकी थिइन्। उनी भारतमै छँदा नेपालमा सत्तासमीकरण फेरिएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते कांग्रेसलाई हटाएर एमाले तथा रास्वपालाई सरकारमा भित्र्याएका थिए।
उनले दिल्ली उड्नुअघि बाँदर नियन्त्रणसम्बन्धी अध्ययन गर्न भारत जाने प्राविधिकहरूको टोलीलाई बिदाइ गरेकी थिइन्।
Shares
प्रतिक्रिया