ad ad

राजनीति


काठमाडौँमा आज ‘बृहत् अन्तरक्रिया कार्यक्रम’ गर्दै समाजवादी मोर्चा

काठमाडौँमा आज ‘बृहत् अन्तरक्रिया कार्यक्रम’ गर्दै समाजवादी मोर्चा

नेपालखबर
चैत २०, २०८० मंगलबार ७:५५, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चाले काठमाडौँमा आज (मंगलबार) समाजवादका विषयमा ‘बृहत् अन्तरक्रिया कार्यक्रम’ गर्दै छ। 

आयोजक समादवादी मोर्चाका अनुसार  ‘नेपाली विशेषताको समाजवाद’ शीर्षकमा दिउँसो १२ बजे राष्ट्रिय सभागृह (भृकुटीमण्डप) मा कार्यक्रम सुरु गरिनेछ। 

कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र समाजवादी मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ (विप्लव सी) वक्ता रहने छन्।

समाजवादी मोर्चामा यिनै चार दल आबद्ध छन्। 

गत साउन ४ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा भएको थियो। आलोपालो प्रणालीअनुसार गत फागुनदेखि विप्लव यसको संयोजक बनेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .