ad ad

राजनीति


प्रतिनिधि सभाद्वारा बिमस्टेक बडा पत्र अनुमोदन

प्रतिनिधि सभाद्वारा बिमस्टेक बडा पत्र अनुमोदन

नेपालखबर
चैत २०, २०८० मंगलबार १६:४९, काठमाडौँ

संघीय संसदले पनि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास (बिमष्टेक) बडा पत्रलाई अनुमोदन गरेको छ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सो बडापत्र अनुमोदन गरियोस् भनि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राखेको प्रशस्ताव बहुमतले पारित गरेको हो।

यसअघि सो बडापत्रको प्रावधानमाथिको छलफलमा भाग लिँदै सांसदहरुले राष्ट्रिय हितलाई अनुकुल हुनेगरी बिमस्टेकलाई अघि बढाउन सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए।

यता उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले पनि बिमस्टेकलाई सार्कको प्रतिस्थापनको संस्थाको रुपमा नेपालमा नलिएको स्पष्ट पार्दै त्यसलाई राष्ट्रिय हितमा प्रयोग गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका थिए।

प्रतिनिधि सभाको अर्को बैठक चैत्र २१ गते (भोलि) बुधवार बिहान ११ बजेका लागि बोलाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .