आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदानस्थल र मतदान केन्द्र तोकेको छ।
आयोगले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङ–१ (क) का लागि मतदानस्थल र मतदान केन्द्र कायम गरेको हो।
आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार इलाम–२ मा ७९ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र कायम भएको छ।
त्यस्तै, बझा–१ (क) का लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र कामय गरी स्वीकृत गरिएको छ।
पौडेलका अनुसार आयोगले देशभरमा १० हजार ८९२ मतदानस्थल पनि स्वीकृत गरेको छ।
21
Shares
प्रतिक्रिया