नेकपा (एमाले) ललितपुरको नयाँ नेतृत्व चयन गर्न आज मतदान जारी छ।
शुक्रबारबाट सुरु नवौं जिल्ला अधिवेशनअन्तर्गत् आज (सोमबार) बिहानबाट मतदान सुरु भएको हो।
बिहान ७ बजेबाट सुरु भएको मतदान ११ बजेसम्म जारी रहने छ। विद्युतीय मेसिनबाट इमाडाेलकाे आँगन पार्टी प्यालेसमा मतदान भइरहेकाे नेता पुरूषोत्तम आचार्यले जानकारी दिए।
एमाले ललितपुरको अध्यक्षमा चार जना आकांक्षी छन्। निवर्तमान अध्यक्ष पुरूषोत्तम आचार्य, चेतनाथ आचार्य, दिनेश कार्की र सुवर्ण श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
अधिवेशनमा ४७७ प्रतिनिधि छन्। अधिवेशनले १२० सदस्यीय जिल्ला कमिटी चयन गर्ने छ।
9
Shares
प्रतिक्रिया