पूर्वी अफ्रिकी देश मोजाम्बिकमा आइतबार राति एउटा डुङ्गा डुब्दा ९१ जनाको मृत्यु भएको छ। तीमध्ये धेरै बालबालिका छन्। मृतकको संख्या बढ्ने अनुमान गरिएको छ।
बीबीसीका अनुसार माछा मार्ने डुङ्गामा १३० जना सवार थिए, जुन क्षमताभन्दा बढी थियो। तीमध्ये हालसम्म ५ जनाको उद्धार गरिएको छ भने धेरै बेपत्ता छन्।
ती मानिस मोजाम्बिकको नामपुला प्रान्तको लुंगा सहरबाट मोजाम्बिकको मुख्य टापुतर्फ जाँदै थिए। उनीहरु हैजाबाट बच्न बसाइ सर्न लागेको अधिकारीहरुले बताएका छन्।
घटनासँग सम्बन्धित भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्, जसमा मानिसहरूलाई उद्धार गरिरहेको र समुद्रको किनारमा धेरै शव देख्न सकिन्छ।
1.7k
Shares
प्रतिक्रिया