ad ad

राजनीति


संसदीय व्यवस्था धरापमा पार्न खोजिँदैछः सभामुख

संसदीय व्यवस्था धरापमा पार्न खोजिँदैछः सभामुख

नेपालखबर
असार १६, २०७६ सोमबार ११:२३,

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसदीय व्यवस्थालाई विगतमा धरापमा पार्ने तत्वहरुबाट सचेत रहन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन्।

सभामुख महराले विगतमा संसदीय व्यवस्था गुमाउनु परेको क्षणको स्मरण गराउँदै अब त्यसो हुन नदिन सबै राजनीतिक दलहरुलाई सचेत गराएका हुन्। ६१ औं संसद दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदीय अभ्यासलाई बलियो बनाउने काममा केन्द्रित हुन जरुरी रहेको पनि बताए। सभामुख महराले दलहरु भित्रको अन्तरविरोध चर्काएर खेल्ने तत्वहरुबाट जोगिन पनि राजनीतिक दलहरुको ध्यानाकर्षण गराए।

कार्यक्रममा बोल्दै पूर्व सभामुख तानानाथ रानाभाटले पूर्व सांसदहरुको सुझाव लिएर मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन सरकारलाई सुझाव दिए। उनले राष्ट्रिय एकता, सामाजिक सदभावका साथ मुलुकलाई अघि बढाउन पनि सरकार गम्भीर भएर लाग्नुपर्ने बताए।

पूर्व सभामुख रानाभाटले दलहरुको बलियो एकताबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्पष्ट पारे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .