पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लैंगिक समानता महिला र पुरुष दुवैको साझा सरोकार भएको बताएकी छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले लैंगिक समानताका आधार तय गर्न महिला र पुरुष दुवैको उत्तिकै भूमिका हुनेमा जोड दिएकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले अहिले पनि धेरै मुलुकमा एकाध महिला मात्रै उच्च नेतृत्वमा पुग्न सकेको बताइन्।
‘महिला आन्दोलन विकसित नभएकै बेला पनि धेरै पहिले भारत, श्रीलंका, पाकिस्तान र बङ्गलादेशमा महिलाहरू उच्च नेतृत्वमा पुग्न सफल भएका थिए', उनले भनिन्, 'त्यसले पनि महिला आन्दोलनमा निकै भूमिका खेलेको छ।’
अहिले देशमा प्राप्त उपलब्धि रक्षा गर्दै पूर्ण समानुपातिक प्रणालीतर्फ जानुपर्नेमा पनि पूर्वराष्ट्रपति भण्डारीले जोड दिएकी छन्।
168
Shares
प्रतिक्रिया