ad ad

कला


शिवरात्रीमा नमस्तेको विश्व संगीत महोत्सव

शिवरात्रीमा नमस्तेको विश्व संगीत महोत्सव

वाशुदेव मिश्र
फागुन ६, २०७६ मंगलबार १५:५९,

महाशिवरात्रीको अवसरमा आउँदो फागुन ९ गते नमस्ते ब्याण्डले पोखरामा विश्व सङ्गीत महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याण्डसहित नेपालका चर्चित कलाकारको प्रस्तुति रहने छ।

कार्यक्रममा दीप श्रेष्ठ, गंगा बरदान, राजेशपायल राई, याम बराल, उदय–मनिला र श्रेया सोताङ, उदेश श्रेष्ठ, चीरासिङ खड्का, प्राश्ना पाण्डे, अमृता लिम्बु र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशलगायतका कलाकारहरुको प्रस्तुति रहने छ।

ब्याण्डहरुमा पिजेपिस जोइन्ट बयाण्ड (अमेरिका), नमस्ते ब्याण्ड (जापान र नेपाल), रन युनिटी (लाइन स्टार) युके, बमशिव मिनामी जापान, हिता ग्रुप (तिब्बत, एनइओ प्रिज्म), १९७४ एडी, कुटुम्ब ब्याण्ड, सि वाज (कृपा फाउण्डेशन), प्रमोद निरवान्स एण्ड म्युजिक लिङ्कस, हिमालयन एण्ड कल्टीभेसन, श्री थ्री ब्याण्ड र मिलन एण्ड द आर्टिष्टलगायतको प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ।

लेकसाइडको बाराहीघाटमा हुने १५ औं संस्करणको महाशिवरात्री संगीत महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .