इलाम क्षेत्र नम्बर २ को मतगणना अन्तर्गत अहिले चुलाचुली गाउँपालिकाका वडा नम्बर १ को मतगणना सुरु भएको छ।
यो वडा पहिचानवादीहरूको गढको रुपमा लिइन्छ। यहाँ पहिचान पक्षधर उम्मेदवार डकेन्द्र सिंह थेगिमले सबैभन्दा धेरै मत प्राप्त गरेका छन्।
थेगिमले १ हजार ३१ मत पाउँदा यही वडामा नेकपा एमालेका सुहाङ नेम्बाङले ६ सय १४ मत प्राप्त गरेका छन्।
यहाँ ०७४ सालको स्थानीय तहको निर्वाचनदेखि पहिचान पक्षधर उम्मेदवारले नै जित्दै आएको थियो। संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले जित्दै आएको यो क्षेत्रबाट थेगिमले आफ्नो मत बढाएका छन्।
पछिल्लो अपडेट अनुसार नेम्बाङले ५ हजार २५ मत पुर्याएका छन्। त्यस्तै, नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ३ हजार ७५९ मत प्राप्त गरेका छन्।
रास्वपाका मिलन लिम्बूले भने ७ सय ६० मत पुर्याएका छन्। उनले चुलाचुली–१ मा १ सय १५ मत प्राप्त गरे।
थेगिमले आफ्नो मत बढाएर १ हजार ९ सय ९६ पुर्याएका छन्।
Shares
प्रतिक्रिया