प्रदेश सभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपचुनावको मतगणना जारी छ।
आइतबार दिउँसो १ बजेबाट जारी मतगणनामा अहिलेसम्म करिब एक तिहाइ गणना सकिएको छ। यहाँ सुरुवातदेखि नै नेकपा एमालेले अग्रता लिइरहेको छ।
यसैबीच पछिल्लो मतपरिणाममा भने नेपाली कांग्रेसले आफ्नो मतान्तर कम गराउन थालेको छ। एमालेका दमनबहादुर भण्डारीसँग मतान्तर घटाउँदा ४ सय १५ पुर्याएका कांग्रेसका अभिषेक सिंहले पुनः मतान्तर घटाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो अपडेट अनुसार भण्डारीले ४ हजार ४ सय ६४ मत प्राप्त गरेका छन्।
त्यस्तै, कांग्रेसका सिंहले ४ हजार १ सय ६ मत प्राप्त गरेका छन्। उनीहरूबीच ३ सय ५८ मतको अन्तर छ।
नेकपा माओवादी केन्द्रका जनक बहादुर बुढा २ हजार २ सय २५ मत ल्याएर तेस्रो स्थानमा छन् भने एकीकृत समाजवादीका दिल बहादुर सिंहले १ हजार ४ सय ७१ मत ल्याएका छन्।
कुल मतदाता ६१ हजार ७ सय ४८ रहेको यस क्षेत्रमा करिब ५० प्रतिशत खसेको निर्वाचन आयोगले जनाएको छ।
Shares
प्रतिक्रिया