प्रदेश सभा सदस्यका लागि बझाङ १ (१) मा भएको उपचुनावको मतगणना जारी छ।
आइतबार दिउँसो १ बजेबाट जारी मतगणनामा अहिलेसम्म छविसपाथिभेरार थलारा वडा नम्बर ९ र खप्तडछान्ना गाउँपालिका सबै र जयपृथ्वी १ ,२ ,३, ४ ५, ६ र ७ सम्मको मतपरिणाम आइसकेको छ।
यहाँ सुरुवातदेखि नै नेकपा एमालेले अग्रता लिइरहेको छ।
यहाँ एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ। नेपाली कांग्रेसका उम्मेदवार अविशेक सिंहले एमालेका दमनबहादुर भण्डारीसँग मतान्तर घटाएर २ सय ७३ बनाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो अपडेट अनुसार भण्डारीले ५ हजार ८६ मत प्राप्त गरेका छन्।
त्यस्तै, कांग्रेसका सिंहले ४ हजार ८ सय १३ मत प्राप्त गरेका छन्। उनीहरूबीच ३ सय ५८ मतको अन्तर छ।
कुल मतदाता ६१ हजार ७ सय ४८ रहेको यस क्षेत्रमा करिब ५० प्रतिशत खसेको निर्वाचन आयोगले जनाएको छ।
Shares
प्रतिक्रिया