इलाम क्षेत्र नम्बर २ को मतपरिणाम आउने क्रम जारी छ। यहाँको निर्वाचनमा मुख्यगरी नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा भइरहेको छ।
यो पटक इलामको निर्वाचनमा नयाँ दल र स्वतन्त्र उम्मेदवार पनि मैदानमा थिए। ती मध्ये रास्वपाका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रोका लागि प्रतिस्पर्धा गरिरहेका छन्।
थेगिमले निर्वाचन आयोगबाट मुढा चुनाव चिन्ह पाएका थिए। उनले आफ्नो गृह वडाबाट राम्रो मत पाउन सकेनन्।
तर, पहिचानवादीको गढ मानिएको चुलाचुली गाउँपालिकामा आएपछि उनले राम्रो मत पाउन थालेका छन्।
अहिलेसम्म चुलाचुलीको ३ वटा वडाको गणना सकिएको छ। जसमध्ये वडा नम्बर १ र ३ बाट थेगिमलाई धेरै भोट खसेको देखिन्छ।
वडा नम्बर १ मा १ हजार ३१, दुईमा ३ सय १ र ३ मा ८ सय ९३ मत पाएका छन्।
उनले फाकफोकथुम र चुलाचुलीमा गरेर जम्मा ३ हजार १ सय ८८ मत प्राप्त गरेका छन्। यो मध्ये चुलाचुलीका दुई वडाबाटै उनले १ हजार ९ सय २४ मत पाएका छन्।
Shares
प्रतिक्रिया