नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको आफ्नै भवन बन्ने भएको छ।
गत चैत १५ र १६ गते केन्द्रीय समितिको बैठकमा आफ्नै भवन बनाउने प्रस्ताव पारित भएको थियो। सोहीअनुसार भवन बनाउने निर्णय गरिएको हो।
काठमाडौंको रवि भवनमा आफ्नै जग्गा नेपाल तरुण दलको छ। करिब दुई(२) रोपनीमा फैलेको उक्त जग्गामा नेपाल तरुण दलको आफ्नै भवन बनाउन लागिएको तरुण दलले जनाएको छ। उक्त जग्गा चितवनकी नानीमैया श्रेष्ठले पार्टीलाई दिएकी थिइन्।
आफ्नै केन्द्रीय सदस्यहरुबाट रकम संकलन गरी भवन निर्माण गरिने जानकारी अध्यक्ष विद्वान गुरुङले बताए।
भवन निर्माण गर्न रकम संकलन भइरहेको छ। सोमबार मात्रै तरुण दल केन्द्रीय सदस्यहरुबाट १० लाख ५५ हजार संकलन भएको छ।
करिब तीन करोडको अनुमानित लागतमा उक्त भवन निर्माण गरिने अध्यक्ष गुरुङले बताए।
हालसम्म भवण निर्माणको निम्ति नेपाल तरुण दलको केन्द्रीय सदस्यहरुबाट रुपैयाँ ६८ लाख ७२ हजार १ सय २ रुपैयाँ संकलन भइसकेको छ।
Shares
प्रतिक्रिया