प्रतिनिधि सभाअन्तर्गत इलाम २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो अन्तरका साथ अग्रता बनाउँदै लगेका छन्।
पछिल्लो मत परिणामअनुसार सुहाङले १६ हजार २१९ मत पाएका छन्।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले १० हजार ५५७ मत पाएका छन्।
खड्काभन्दा नेम्बाङ ५ हजार ६६२ मतान्तरले अगाडि छन्।
यस्तै, डकेन्द्रसिंह थेगिम (मुढा) ले ८ हजार ८२५ मत ल्याउँदा रास्वपाका मिलन लिम्बु (घण्टी)ले २ हजार ६४५ मत ल्याएका छन्।
यो नतिजा फाकफोकथुम (७ वडा), माङसेबुङ (६ वडा), माई नगरपालिका (३ वडा), चुलाचुली गापा (६ वडा), देउमाई नपा (४ सम्म) गणना गरिसक्दाको हो।
अब देउमाईका ५ देखि ९ वडासम्म र इलाम नगरपालिकाका वडा नं १० बाहेकका ११ वटा वडाको गणना बाँकी छ।
1.6k
Shares
प्रतिक्रिया