सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्बको बजेट ल्याउने तयारी गरेको छ।
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले जनमुखी कार्यक्रम सहितको बजेट ल्याउने जानकारी दिएका हुन्।
‘यसवर्ष ठूलो भोलुमको बजेट आउँछ, प्रधानमन्त्रीले बैठकमा भनेको कुरा उदृत गर्दै एक सांसदले नेपालखबरसँग भने, ‘१९ खर्बको बजेट ल्याउछौँ।’
शनिबार दिउँसो सिंहदरबारमा संसदीय दलको बैठक बसेको थियो।
आगामी बजेटलाई परिणाममुखी बन्नेगरी बजेट ल्याउने प्रधानमन्त्रीले सांसदहरूलाई ब्रिफिङ गरेका थिए।
‘पछिल्लो दिनमा कहाँ लगानी गर्ने? कृषि, उर्जा, पर्यटन लगायतमा लगानी ठोस बनाउनेगरी कुरा अघि सार्नुभएको छ,’ ती सांसदले भने।
345
Shares
प्रतिक्रिया