नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल घरेलु मैदानमा भएको वेस्ट इन्डिजविरुद्धको पाँच खेलको टी२० सिरिजको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
शनिबार सम्पन्न सिरिजमा कप्तान रोहित प्लेयर अफ दि सिरिज बनेका हुन्। सिरिजमा चार खेल खेलेका रोहितले २ सय ६५ रन बनाएका थिए। सिरिजमा उनले सर्वाधिक १ सय १२ रन बनाएका थिए।
सिरिजमा सर्वाधिक रन बनाएका उनले १ शतक २ अर्धशतक प्रहार गरेका थिए भने २३ चौका र १२ छक्का हाने।
सिरिजको उत्कृष्ट ब्याटर जोनसन चाल्स बने। उनले सिरिजमा २ सय १२ रन बनाएका थिए।
सिरिजको उत्कृष्ट बलर ओबेड म्याक ओवे बने। उनले सिरिजको पाँच खेलमा ८ विकेट लिएका थिए।
1.9k
Shares
प्रतिक्रिया