जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य अशोक राईले नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनले ८ जना सांसदको नाम लेखेका थिए।
तर, हस्ताक्षर भने ७ जना सांसदको मात्र छ। वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले हस्ताक्षर नगरेको एक सांसदले नेपालखबरलाई जानकारी दिए।
‘जनता समाजवादी पार्टी नाम र अध्यक्षमा अशोक राई राखेर हामीले ८ जनाको नामससहित निर्वाचन आयोगमा हस्ताक्षर बुझाएका छौँ,’ एक सांसदले नेपालखबरसँग भने, ‘दीपक कार्की मन्त्रीज्यूको नाम भएपनि उहाँले हस्ताक्षर गर्नुभएको पनि छैन, यहाँ आउनुपनि भएको छैन।’
उनका अनुसार हस्ताक्षर गर्ने सातैजना अहिलेपनि आयोग कार्यालयमा छन्। ‘हामी यही कार्यालयमा छौँ,’ उनले थपे, ‘केन्द्रीय सदस्यपनि हुनुहुन्छ।’
उपप्रधान एवं स्वास्थ्यमन्त्री समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिकामा रहेकै बेला राईले नयाँ पार्टी गठन गरेका हुन्।
राईले उपेन्द्रले सरकार ढाल्न खोजेपछि नयाँ पार्टी बनाउन परेको सांसदहरुलाई व्रिफिङ गरेका छन्।
‘सरकारको स्थीरताका लागि हामीले नयाँ पार्टी खोल्नुपर्यो भन्नुभयो अनि मैलेपनि हस्ताक्षर गरे,’ ती सांसदले थपे। ७ सांसदको हस्ताक्षर लिएर राई, वरिष्ठ नेता राजेन्द्रमान श्रेष्ठसहितका नेताहरू आयोग कार्यालय कान्तिपथमा छन्।
सांसदहरु अशोककुमार राईसहित नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव आयोग पुगेका हुन्।
Shares
प्रतिक्रिया