जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्षीय सांसदहरू छलफलमा जुटेका छन्। पार्टी केन्द्रीय कार्यालय, बालकुमारीमा सांसदहरूबीच छलफल चलिरहेको एक सांसदले नेपालखबरलाई जानकारी दिए।
आइतबार दिउँसो पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले पार्टीका ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए।
राईको यो कदमपछि राष्ट्रिय राजनीति तरंगित छ। अमेरिका भ्रमणमा रहेका यादव आइतबार राति नै नेपाल फर्किसकेका छन्।
यद्यपि उनले यसबारे औपचारिक जानकारी भने गराएका छैनन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एक चरणको वार्ता गरेपछि उपेन्द्र अहिले आफूपक्षीय सांसदहरूसँगको छलफलमा जुटेका हुन्।
छलफलमा रेखा यादव, राजकिशोर यादव, शिवलाल थापा लगायतका नेताहरू छलफलमा छन्।
447
Shares
प्रतिक्रिया