ad ad

राजनीति


जनताले परिवर्तनको महसुस गर्न सकेनन् : नेता सिटौला

जनताले परिवर्तनको महसुस गर्न सकेनन् : नेता सिटौला

नेपालखबर
बैशाख २९, २०८१ शनिबार १९:३५, काठमाडौँ

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएको लामो समय बितिसक्दा पनि जनताले परिवर्तनको महसुस गर्न नसकेको बताएका छन्।

नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उनले नयाँ संविधान जारी भएपछि मुलुकको परिवर्तनसँगै जनताले परिवर्तनको महसुस गर्न नसकेको बताएका हुन्। 

‘संविधान जारी भएपछि जनतामा जुन परिवर्तन हुनुपर्ने हो त्यो हुन सकेको छैन,’ उनले भने।

नेता सिटौलाले संविधानमा देखिएका कमी–कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए।

‘पछिल्लो समय प्रचण्ड नेतृत्वको तीनवटा फरक–फरक सरकार बनेका कारण त्यसको असर प्रदेशमा देखिएको छ’, नेता सिटौलाले भने। 

पार्टीका पूर्व महामन्त्री सिटौलाले जनताको हितमा एजेण्डा तयार गर्दै उक्त एजेण्डामाथि समग्र पार्टी पङ्क्ति एक भएर जनतामाझ जानुपर्ने बेला आएको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .