ad ad

राजनीति


संसद्‌मा एमाले र कांग्रेसका सांसदको धक्कामुक्की (भिडिओ)

संसद्‌मा एमाले र कांग्रेसका सांसदको धक्कामुक्की (भिडिओ)

नेपालखबर
जेठ ३, २०८१ बिहिबार १८:१७, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङबीच संसद्‌मा धकेलाधकेल भएको छ। 

प्रतिनिसिधभा बैठकको सुरुदेखिनै नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गरेका थिए। 

कांग्रेसको नाराबाजीकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाए। उनले राष्ट्रपति कार्यालयबाट प्राप्त केही पत्रहरू पढेर सुनाए।

लगत्तै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूबारे उठेका प्रश्नका बारेमा जवाफ दिन समय दिए।

गृहमन्त्री लामिछानेलाई समय दिनासाथ कांग्रेस सांसदहरू थप आक्रोशित बने। ओली कांग्रेस सांसदहरूलाई सम्झाउँदै आफ्नो आसनबाट उठेर त्यसतर्फ गएका थिए। 

तर, कांग्रेस सांसदसँग उनको भनाभन नै चल्यो।

भिडिओमा हेर्नुहोस्-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .