ad ad

राजनीति


बिहीबार तनावकाबीच स्थगित संसद् बैठक आज बस्दै

बिहीबार तनावकाबीच स्थगित संसद् बैठक आज बस्दै

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार ६:४३, काठमाडौँ

बिहीबार धक्कामुक्की भएपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) पनि बस्दैछ। सभामुख देवराज घिमिरेले आज बिहान ११ बजेका लागि बैठक बोलाएका छन्। 

बिहीबारको बेठकमा सत्तारुढ एमाले र प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसदबीच संसद्‍मा भनाभन र धकालाधकेल भएपछि बैठक तनावकाबीच स्थगित भएको थियो। 

हिजोको बैठकमा तनावपूर्ण अवस्था सिर्जना हुनुमा कांग्रेस र एमालेका नेताले एक=अर्कालाई दोष थोपरेका छन्। 

हिजोको बैठक सुरु हुनासाथ कांग्रेसका सांसदले नाराबाजी सुरु गरेका थिए। कांग्रेसको नाराबाजीकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाउँदै राष्ट्रपति कार्यालयबाट प्राप्त केही पत्रहरू पढेर सुनाएका थिए। 

त्यसपछि उनले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आफूबारे उठेका प्रश्नका बारेमा जवाफ दिन समय दिएपछि कांग्रेस सांसद थप आक्रोशित बनेका थिए। 

एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसका सांसदलाई सम्झाउन अघि बढ्नासाथ कांग्रेसका उपसभापति धनराज गुरुङले ओलीको प्रतिवाद गरेपछि संसद्‌मा धकेलाधकेलको स्थिति सिर्जना भएको थियो।

कांग्रेस सांसदले हिजोको बैठकमा सभामुख घिमिरेले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ। 

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । तर त्यो मागलाई सत्ता साझेदार दलहरुले अस्वीकार गर्दै आएका छन्। 

यस सम्बन्धमा गृहमन्त्री लामिछानेले संसदमा बोल्न समय मागे पनि कांग्रेसले उनलाई बोल्न नदिने गतिविधि गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .